पोखरा, २१ साउन । पोखराको भाटभटेनीमा रहेको ग्लोबल रिज एजुकेसन कन्सल्टेन्सीद्वारा आयोजित ‘अष्ट्रेलियन युनिभर्सिटी फेयर २०१८’ आइतबार सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युट हलमा आयोजित फेयर उत्साहजनक रुपमा सम्पन्न भएको ग्लोबल रिच पोखरा शाखा कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । फेयरमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधि प्रत्यक्ष सहभागी रहेको गरुङले जानकारी दिइन् । बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म चलेको फेयरमा १६ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी थिए । ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान सक्ने सम्भावना तथा राम्रो प्रोफाइल भएका विद्यार्थीको फेयरमा भिड लाग्यो,’ गुरुङले भनिन्, ‘हाम्रो सेवाबाट प्रभावित भएर ग्लोबल रिचप्रति विद्यार्थीको आकर्षण बढेको छ ।’
अष्ट्रेलियन उच्च शिक्षाका बारेमा सम्पूर्ण जानकारी फेयरमा विद्यार्थीलाई दिइएको गुरुङले जानकारी दिइन् । ग्लोबल रिचको पोखरा शाखा सन् २०१५ मा भाटभटेनीमा स्थापना भएको हो ।
पोखरामा वर्षमा २ पटक ग्लोबल रिचले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आइरहेको छ । ‘अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले पनि ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास छ,’ उनले भनिन् ।
Comments are closed.