ग्लोबल रिचको २८औं वार्षिकोत्सव

Beacon

आर्थिक आवाज
पोखरा । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ग्लोबल रिच स्थापनाको २९ औं वर्ष प्रवेश गरेको छ । भारतको कलकत्तामा प्रधान कार्यालय रहेको ग्लोबल रिचले सोमबार २८औं वार्षिकोत्सव मनाएको छ ।

ग्लोबल रिचले ५ वटा देशमा ४० वटा शाखाबाट सेवा सञ्चालन गरिरहेको छ । भारत, नेपाल, अष्ट्रेलिया, भुटान र बंगालदेशमा शाखा सञ्चालन गरिरहेको ग्लोबल रिचले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दैै आइरहेको छ ।

ग्लोबल रिचका विभिन्न शाखा मध्ये पोखरा शाखा स्थापनाको ४ वर्ष २ महिना भएको छ । ग्लोबल रिचका ४० शाखामध्ये पोखरा शाखा उत्कृष्ट ५ भित्र पर्न सफल भएको शाखा प्रमुख सरिता गुरुङले जानकारी दिइन् । ग्लोबल रिचले नेपालमा १२ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ ।

परामर्शका सेवाका लागि ग्लोबल रिच पोखरा शाखामा कास्की तथा आसपासका जिल्लाबाट विद्यार्थीहरु आउने क्रम बढेको काउन्सिलर पद्मा अधिकारीले बताइन् ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...
Japan Skip