ग्लोब्याट ब्याट्रीको फ्रि सर्भिस क्याम्प पोखरासहित देशका विभिन्न शहरमा

पोखरा । ग्लोब्याट ब्याट्रीको फ्रि सर्भिस क्याम्प पोखरासहित देशका विभिन्न शहरमा हुने भएको छ । काठमाडौं उपत्यका र बनेपासम्मका ग्लोब्याट ब्याट्री ग्राहकका लागि क्याम्प सम्पन्न गरिसकेको कम्पनीले अन्य शहरमा पनि कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो ।

उपत्यका वाहिर विराटनगर, वीरगन्ज, पोखरा, बुटवल लगायत स्थानमा क्याम्प गर्ने त्रिथुंगाले बताएको छ ।

गत मंसिर २६ देखि २९ गतेसम्म काठमाडौंमा संचालित सो क्याम्पमार्फत एक हजार भन्दा बढी ग्राहक लाभान्वित भएको बताइएको छ । ग्लोब्याट ब्याट्रीको आधिकारिक वितरक बतास ब्रदर्स अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले सो क्याम्पको आयोजना गरेको हो ।

कम्पनीले प्रत्येक तीन महिनामा एक पटक सोही स्थानमा फ्रि सर्भिस क्याम्प आयोजना गर्दैै आएको बताएको छ । सो अवसरमा अन्य ब्रान्डका ब्याट्री ग्राहकहरुलाई समेत ब्याट्री चेकजाँच र संरक्षणको तरिका सिकाउने गरिएको कम्पनीको भनाइ छ ।

ग्लोब्याट बंगलादेशी ब्याट्री हो । रहिमाफ्रुज ग्रुप अन्तर्गतको रहिमाफ्रुज ग्लोब्याट लिमिटेडले ग्लोब्याट ब्रान्डमा ब्याट्री उत्पादन गर्छ । यो ६६ वर्ष पुरानो कम्पनी हो ।

You might also like

Comments are closed.