घरघरमा गाईड आवश्यक : जि.सी.

पोखरा, १ जेठ ।

पर्यटकिय नगरी  पोखराका घरघरमा सिटी गाईड हुनसकेमा पर्यटकलाई सहयोग पुग्ने पोखरालेखनाथ महानगरका प्रमुख मानवहादुर जि.सी.ले बताए ।

नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी ( नाट्टा ) पश्चिमाञ्चलको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग एवं नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा १० दिनसम्म सञ्चालित सिटी गाईड तालिमको समापनको अवसरमा जि.सी.ले फेवातालको समस्या सहमतीमा वैज्ञानिक तरिकाले समधान गरिने बताए । पर्यटन क्षेत्रमा चर्चाको विषय वन्ने पोखरा टुरिष्ट वसपार्कको सन्र्दभमा महानगर प्रमुख जि.सी.ले हाल सञ्चालनमा रहेको टुरिष्ट वसपार्कलाई नै व्यवस्थित गरिने जानकारी दिए ।

नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख सुर्य थपलियाले पोखराको मात्रै नभई आसपासका क्षेत्रको पनि उत्तिकै रुपमा विकास हुनुपर्ने विचार व्यक्त गरे । पोखरा आसपासका सम्भावित क्षेत्रको पर्याप्त विकास हुन सकेमा पर्यटकको पोखरा वसाई स्वत लम्बिने थपलियाको तर्क छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पोखरा पर्यटन वर्सपार्क प्रति व्यंग्य गर्दै रोपाई गर्नको लागि तयारी अवस्थामा रहेको बताए । पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको फेवातालको संरक्षणको लागि अदालतको ढोका ढकढकयाउनु परेको भन्दै शर्माले अदालतको आदेश पूर्ण कार्यान्वयन हुने नहुने भविष्यले देखाउने बताए ।

पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुको ऐतिहासिक र पुरातात्विक जानकारी गराउने सक्षम टुर गाईड उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको नाट्टा पश्चिमाञ्चलका अध्यक्ष सन्तोष पोख्रेलले जानकारी गराए । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्राचार्य कृष्ण खरेलले प्रशिक्षित गराएको उक्त तालिममा ४७ जनाको पूर्ण सहभागिता रहेको नाट्टा पश्चिमाञ्चलका सचिव तथा तालिम संयोजक कमला गिरीले वताईन् ।

You might also like

Comments are closed.