घरदैलोमो पाएको विश्वासले दामु प्यानलको ‘समावेशी व्यवसायी समूह’ उत्साहित

पोखरा, २३ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी मैदानमा होमिएको समावेशी व्यवसायी समूहको घरदैलो जारी छ । हरेक व्यवसायीको पसल वा घरमा पुग्ने अभिप्रायले घरदैलो शुरु गरेको अध्यक्षका उम्मेद्वार दामु अधिकारी नेतृत्वको प्यानलले शुक्रबार न्यूरोड क्षेत्रमा घरदैलो ग¥यो । पोखरा सभागृहबाट शुरु भएको घरदैलो न्यूरोडको एकातर्फको भाग सकेर चिप्लेढुंगा पुगेर न्यूरोड हुँदै पुनः सभागृहसम्म पुगेको थियो ।

घरदैलोका क्रममा व्यवसायीहरुले अधिकारीको नेतृत्वको प्यानल साँच्चिकै समावेशी र व्यवसायीक भएको भन्दै भोट दिने बाचा गरेका थिए । उनीहरुले बास्तविक व्यवसायीलाई आफूहरुले चिनेको भन्दै भनेका थिए, ‘राजनीतिले राजनीतिको भाषा र व्यवसायीले व्यवसायीको भाषा चिन्छ, हामीले तपाईंहरुको सक्षम र युवाहरु समावेश टीम साँच्चिकै समावेशी भएको महशुष गरेका छौं, ढुक्क हुनुस् हामी तपाईंहरुकै पक्षमा छौं ।’ उनीहरुले युवाहरु संलग्न शुद्ध व्यवसायीको टीम भएकाले समावेशी व्यवसायी टीमले व्यवसायीको हक, हित र अधिकार सुरक्षित गर्नेमा विश्वस्त रहेको बताएका थिए ।

घरदैलोका क्रममा अध्यक्षका उम्मेद्वार दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघलाई राजनीतिबाट बचाउन आफूले उम्मेद्वारी दिएको बताएका थिए । उनले व्यावसायिक हक, हित र अधिकारका लागि स्थापित संघमा राजनीति छिराएर संघलाई कमजोर बनाउने दुस्प्रयास असफल बनाई आफूलाई बिजयी गराइदिन अनुरोध गरे । उनले आफू अध्यक्षमा बिजयी भए राजनीतिको आधारमा यो वा त्यो भनेर नछुट्याईं चौविसै घण्टा उद्योगी, व्यवसायीको पक्षमा लाग्ने प्रतिबद्धता जनाए ।

घरदैलोपछि पत्रकारसँग कुराकानी गर्दै महासचिवका उम्मेद्वार किसान सुनारले व्यवसायीले दिएको हौषला र उनीहरुले गरेको विश्वासले आफूहरु उत्साहित भएको बताए ।

यसैबीच, समावेशी व्यवसायी समूहले पर्यटन व्यवसायीहरुसँग पनि छलफल गरेको छ । वर्तमान महासचिव दामु अधिकारीको नेतृत्वमा घोषित समावेशी व्यवसायी समूहले पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषद, पश्चिमाञ्चल होटल संघ, रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखरा, नेपाल हवाई खेलकुद संस्था ‘ना’, नाट्टा, टान, एगा, टेसा, पर्यटन यातायात समिति, टुरिष्ट बुक सप एशोसियसन लगायतका संघसंस्थाहरुसँग सामुहिक छलफल गरेको हो । अग्रज पर्यटन व्यवसायीहरु गणेशबहादुर भट्टराई, अग्नी कँडेल, टीकाराम सापकोटा, गोमा ढकाल, सूर्यबहादुर भुजेल, ज्याक तामाङलगायतको उपस्थितिमा भएको छलफलमा पर्यटन व्यवसायीहरुले दामु अधिकारीको नेतृत्वमा बनेको समावेशी व्यवसायी समूह साँच्चिकै समावेशी र व्यवसायीक समूह भएको भन्दै जिताउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा समावेशी व्यवसायी समूहले पर्यटनको विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, फेवाताल संरक्षणका लागि पहलकदमी लिदै त्यसका लागि सरकारलाई दवाब दिने प्रतिबद्धता जनाएको थियो । समूहले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरेपनि चौविसै घण्टा जनताको सेवामा खटिनुपर्ने वडाध्यक्षजस्तो व्यक्ति उद्योगी÷व्यवसायीको नेतृत्व गर्न आउँदा कुरा मिल्न नसकेको प्रष्ट्याएका थिए ।

कार्यक्रममा बोल्दै समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेद्वार दामु अधिकारीले वर्तमान सरकारले चुनावताका जारी गरेको घोषणा पत्र अनुसारको सिंहदरबार नआएको बताए । उनले भने, ‘चुनावका समयमा नेताहरुले संघीयता आएपछि घर÷घरमा सिंहदरबार आउँछ भन्नुभएको थियो, तर अहिले अत्यन्त अव्यहारिक कर प्रणाली लागू गरेर दरबार काठमाडौंमा राख्ने र सिंह घर÷घरमा पठाइदिएजस्तो भएको छ ।’ उनले अव्यवहारिक कर फिर्ता गरेर व्यवसायमैत्री कर प्रणाली लागू गर्न सरकारसँग समन्वय र दवाब दिने र त्यति गर्दापनि भएनभने आन्दोलन गर्नपनि पछि नपर्ने बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...