घरभाडा छुटसँगै सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो यो जोडी

पोखरा । कलंकी निवासी मध्यम वर्गीय परिवारका हरिहर लामिछाने र अनु लामिछाने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासका कारण अर्थतन्त्रमा नराकात्मक प्रभाव परेको सन्दर्भमा यो महामारीसँग जुध्ने उद्देश्यले उनीहरुले आफ्नो घर भाडा मिनाहको निर्णय गरेसँगै उनीहरु भाइरल बनेका हुन् ।

आफ्नो घरको भाडा ३ महिनाका लागि मिनाहा गर्ने निर्णयपछि उनीहरुले धेरैको प्रशंसा पाएका छन् । उनीहरुले आफ्नो घरको ४ कोठा मात्रै भाडामा राखेका छन् । देशभर घर भाडामा बस्नेहरुले यो कदमको प्रशंसा गर्दै उनीहरुको फोटो सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले केही दिन अगाडि घर भाडा छुटको स्टाटस फेसबुकमार्फत सेयर गरेका थिए ।

संसारभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि असर गरेको भन्दै घर भाडामा बस्नेहरुका लागि थोरै भएपनि राहत होस भनेर यस्तो निर्णय गरेको उनीहरुले बताउँदै आएका छन् । बजारमा मास्क किन्न पाएमा ५ हजार थान मास्क समेत वितरण गर्ने योजना रहेको उनले बताए ।

 

You might also like

Comments are closed.