घरमै बसेर मुक्तिनाथ विकास बैंकको खाता खोल्न सकिने

आर्थिक आवाज
पोखरा, २६ पुस । मुक्तिनाथ विकास बैंक लि.ले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाइन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाइनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो ।

बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन् । उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाइटबाट खाता खोल्न सक्नेछन् । हाल बैंकले १०२ वटा शाखा तथा २० वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.