घाचोकको शुक्ला गण्डकी माविमा धनधान्यान्चल ज्ञान महायज्ञ हुने

पोखरा, १९ फागुन । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोक भलावोटमा रहेको शुक्ला गण्डकी माध्यमिक विद्यालयमा वहुउदेश्यीय प्राविधिक शिक्षालयको पूर्वाधार स्थापनाको लागि विराट शैक्षिक श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

आगामी वैशाख ११ गतेदेखी १८ गतेसम्म संचालन हुने महायज्ञको प्रमुख वाचक भाष्कर पंडीत कमलनयन गौतम छन् । प्राविधिक शिक्षाको लागि आवश्यक पूर्वाधार निर्माण गरेर समयानुकुल प्राविधिक शिक्षाका विषयहरुलाई विविधिकरण गरि विद्यार्थीहरुलाई प्राविधिक शिक्षातर्फ उत्प्रेरित गरि आत्मनिर्भर वनाउने उदेश्य राखी धनधान्यान्चल महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष रविलाल पोखरेलले जानकारी दिए ।

गाउँपालिकाको ९ वटा वडाहरुको केन्द्रमा घाचोक भलावोटमा २०३७ साल माघ २ गते स्थापना भएको विद्यालयले कक्षा नर्सरी देखी १२ सम्ममा शिक्षा तथा व्यवस्थापनका कार्यक्रमहरु संचालन गरिरहेको छ । ज्ञान महायज्ञलाई सम्पन्न गर्नको लागि रविलाल पोखरेलको अध्यक्षतामा १ हजार १ सय ११ सदस्स्यि मुल आयोजक समिति गठन गरिएको छ ।

समितिको सहअध्यक्षमा टेकन शोभा गुरुङ तथा महासचिवमा समुदायको तर्फवाट मौसम कार्की र विद्यालयको तर्फवाट प्रध्यानाध्यापक शान्तिरमण पोखरेल रहेका छन् । कोषाध्यक्षमा समुदायको तर्फवाट अर्जुन पोखरेल र विद्यालयको तर्फवाट शिक्षक थानेश्वर लम्साल छन् । निर्देशकमा माछापुच्छ«े गाँउपालिकाका प्रमुख कर्णवहादुर गुरुङ तथा सह निर्देशकमा उपप्रमुख कृष्णकुमारी दवाडी छन् । गाउँपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु उप निर्देशक रहेका छन् ।
धनधान्यान्चल महायज्ञलाई सफल पार्नको लागि विभिन्न उपसमितिहरु गठन गरि तयारी सुरु गरिएको महासचिव मौसम कार्कीले जानकारी दिए । आर्थिक संकलन तथा व्यवस्थापन उपसमिति संयोजकमा हरीश्चन्द्र लम्साल, कलश वितरण उपसमिति संयोजकमा गोपाल पोखरेल, यातायात व्यवस्थापन उपसमितिमा जनक कार्की, प्रचार प्रसार उपसमिति संयोजकमा कृष्ण दवाडी, यज्ञ संचालन उपसमिति संयोजकमा घनश्याम ओझा तथा सूचना तथा संचार उपसमिति संयोजकमा विजय लम्साल छन् ।

You might also like

Comments are closed.