दाङको घोराही र धनगढीको कैलालीमा गरिमाको शाखा

आर्थिक आवाज
पोखरा, ११ पुस । गरिमा विकास बैंक लिमिटेडले दाङको घोराही र कैलालीको धनगढीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको बुधबार औपचारिक उद्घाटन भएको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्प ओडले गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले जानकारी दिए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटिएम सञ्चालनमा छन् । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीशहरमा शाखा कार्यालय खोल्ने तयारी गरिरहेको ढकालले जानकारी दिए । बैंकले पुस १० गतेसम्म २५ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.