चट्याङ लागेर ३ जना घाइते

पोखरा, २६ चैत । कास्कीको रुपा गाउँपालिका ५ स्थित काफ्लेडाँडामा चट्याङका कारण ३ जना घाइत भएका छन् । स्थानीय पुष्प कुमालको घर नजिकै रहेको पिपलको रुखमा चट्याङ पर्दा ३ जना घाइते भएका हुन् ।

कुमालको घरको मिटर बक्स पड्कन गई उक्त घरमा बसी रहेका ३ जना व्यक्तिहरु घाइते प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ ।

You might also like

Comments are closed.