चन्द्रागिरीसम्म आइएमई ट्राभल्सको बस सेवा

काठमाडौं, १८ पुस । आइएमई ट्राभलले पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवा सुरु गरेको छ । आइएमई ग्रुप अन्तर्गतको आइएमई ट्राभलले यात्रुहरुको सेवासुविधालाई मध्यनजर गरी सेवा सञ्चालनमा ल्याएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडको सिटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे बस छुट्नेछ । बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलंकी हुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्म पुग्ने विज्ञप्तिमा उल्लेख छ । साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनबाट बस छुट्नेछ । उक्त बस कलंकी, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै पानीपोखरीसम्म पुग्नेछ ।

You might also like

Comments are closed.