चर्चित कलाकारहरुले तताए जनजाति सांस्कृतिक महोत्सव

तनहुँ ६,मंसिर
दमौलीमा जारी तेश्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा चर्चित कलाकाहरुको सांगितक प्रस्तुतीले मनोरञ्जन प्रदान गरीरहेको छ । महोत्सवको सातौँ दिन विहीवार लोक दोहरी गायिका देवी घर्ती मगरको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । घर्तीले चर्चित तिज गित लौरी हरायो देखी लिएर उहीँ खोलीको पानी लगायतका गितले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । त्यस्तै लोक गायक चोलेन्द्र पौडेल, दुर्गा गुरुङ, चिना थापा लगायतका कलाकारहरुले आ–आफ्ना सांगितक प्रस्तुतीले मनोरञ्जन प्रदान गरेका थिए ।
महोत्सवमा जिल्लाका आदिवासी जनजातिहरुले आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर जातीय साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेको सांस्कृतिक संयोजक रक बहादुर गुरुङले जानकारी दिए । अन्य व्यापारीक महोत्सवको तुलनामा सांस्कृतिक प्रस्तुतीलाई बढी जोड दिएको थापाले बताए । विभिन्न जातजातीको संस्कृति संरक्षण गर्दै स्थानीय तथा राष्ट्रिय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बढी समय हामीले सांस्कृतिक कार्यक्रमलाई नै दिएका छौँ उनले भने” ।
त्यस्तै महोत्सवमा विहिवार गितल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजनामा साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा १० जना साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
त्यस्तै गरी आफ्नो नाम गिनिज बुकमा रेकार्ड राख्न सफल जादु सम्राटका उपाधि पाएका जादुगार बलराम सरकारको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए । “अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ“ भन्ने नाराका साथ आयोजित महोत्सवको सातौँ दिन लाखौँकोे आर्थिक करोबार भएको र हजारौँ दर्शकले अवलोकन गरेको प्रवक्ता थापाले बताए । महोसत्वको आठौँ दिन चर्चित गायक प्रमोद खरेल, बसन्ती थापा लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।

You might also like

Comments are closed.