पोखरा । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीले आठौं चार्टड नाइट कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरको प्रमुख अतिथ्यता र लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालको विशेष अतिथ्यितामा कार्यक्रम भएको हो ।
कार्यक्रममा क्लबले स्वालम्वन जीवन पद्धती केन्द्र पोखरालाई ३० वटा ह्वील चियर वितरणको व्यवस्थापनका लागि सहयोग गरेको छ । एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष जीवन गोर्खालीले जानकारी दिए । माछापुच्छ«े गाउँपालिका ३ घाचोकका दलित एवं विपन्न ८ परिवारको स्वास्थ्य वीमा स्वरुप तीस हजार रुपैयाँसमेत सक्षमता फाउण्डेशनलाई उपलब्ध गराइएको उनले बताए ।
लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीलाई स्पोन्सर गर्ने लायन्स क्लब अफ पोखरा चौतारी र लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले स्पोन्सर गरेका लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारी, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा युनिक चौतारी, लायन्स क्लब अफ पोखरा युनिटी चौतारी, लायन्स क्लब अफ पोखरा सफल चौतारी, लायन्स क्लब अफ पोखरा उज्यालो चौतारी गरी आठ वटा क्लबहरुले चौतारी क्याम्पेनिङ कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले समाज सेवाको क्षेत्रमा लायन्स क्लबहरुको योगदान महत्वपूर्ण रहेको बताइन् । लायन्ससँग मिलेर सरकारले आगामी दिनमा कार्य गर्नसक्ने र सहयोग आदान प्रदान गर्ने बताइन् ।
डिष्ट्रि«क्ट गभर्नर इन्दु लम्सालले क्लबले गरेको कामप्रति उच्च सम्मान व्यक्त गर्दै अझ रचनात्मक र समाजमा आवश्यक परेको क्षेत्रमा सहयोग गर्न आग्रह गरिन् । क्लबका अध्यक्ष जीवन गोर्खालीको अध्यक्षतामा आयोजित कार्यक्रम क्लबका सचिव दीपक तिमिल्सिनाले सञ्चालन गरेका थिए ।