पोखरा ।
झापाको बिर्तामोडमा गत साता डाक्टरमाथि भएको आक्रमणको बिरोधमा पोखराका युवा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । गएको असार ११ गते झापाको बिर्तामोड स्थित मेडिका हस्पिटलमा कार्यरत मेडिकल अफिसर डाक्टर सुधाकर झा माथि भएको आक्रमणको बिरोधमा पोखराका युवा डाक्टारहरुले बिहिबार जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिएका हुन् ।
युवा चिकित्सक संघ गण्डकीले आयोजना गरेको शान्तीपुर्ण धर्नामा ७५ जना डाक्टरहरुको सहभागिता रहेको संघका सचिब डाक्टर संजिव बस्नेतले जानकारी दिए । कोरोना भाईरसको महामारीका बिच आफ्नो ज्यान जोखिममा राखेर फन्टलाईनमा काम गर्ने डाक्टर माथीको हमला अमानबिय हर्कत भएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको उनिहरुले बताएका छन् ।
यस्तो बेला साथ, सहयोग र हौसला दिनुपर्नेमा उल्टै डाक्टरमाथि आक्रमण हुनु दुखद भएको भन्दै उनिहरुले सरकारसँग भरपर्दो सुरक्षाको माग समेत गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गरि दोषि माथि कडा कार्वाही गर्न पनि चिकित्सकहरुले सम्बन्धित निकायसंग आग्रह गरेका छन् । युवा चिकित्सक संघ गण्डकीका सचिव डाक्टर संजिव बस्नेतको संयोजकत्वमा भएको धर्ना कार्यक्रमको संचालन संघ गण्डकीका उपाध्यक्ष डाक्टर राम अधिकारीले गरेका थिए ।
गएको असार ११ गते बिहीबार राति ९.३० बजे हुल बाँधेर हस्पिटल पुगेको १०÷१५ जनाको समूहले डाक्टर झामाथि आक्रमण गर्दा उनको नाकमा चोट लागेको थियो । बिर्तामोड – ६ का ८ वर्षे बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो । हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो । उनीहरूले बिरामी हेर्न एकैपटक जान खोजेपछि नजिकै रहेका डाक्टर झाले सम्झाउन खोज्दा उनि माथी भएको जनाईएको छ ।
Comments are closed.