चिकित्सा शिक्षा विधेयक पास भएपछि काँग्रेस आक्रोशित, देउवाले लगाए गम्भिर आरोप

काठमाडौं, १२ माघ । नेपाली काँग्रेसले सदन र सडक दुवै ठाउँबाट आन्दोलन गर्ने प्रतिक्रिया दिएको छ । सरकारले एकलौटी रुपमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेपछि काँग्रेस आक्रोसित भएको हो ।

सरकारले तानाशाही ढंगबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको आरोप लगाउँदै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चर्को विरोध गरेका छन् । विधेयक पास भएपछि शुक्रबार पत्रकारहरुलाई प्रतिक्रिया दिदै सभापति देउवाले अब आन्दोलन गरेर सरकारलाई जवाव दिने बताए ।

You might also like

Comments are closed.