पोखरा । गरिमा विकास बैंकले भरतपुर महानगरपालिका २६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन भएको छ । भरतपुर महानगरपालिका २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले आइतबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गइरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको बताए । ग्राहकबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न सदैव उत्प्रेरित भइरहेको उनले बताए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटिएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।





Comments are closed.