तनहुँ ।
चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको परिवारलाई डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराएको छ । उनको परिवारलाई राहत स्वरुप ९ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
उक्त रकमको चेक सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले मृतकका बुबा विष्णुकुमार रानालाई हस्तान्तरण गरेका हुन् । जङ्गल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गइरहेकाले यस्ता घटना दोहोरिन नदिन चनाखो बन्नुपर्ने सिग्देलको भनाई छ । प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हँुदै गएकाले सुरक्षित घरबासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिईन् ।
गत साउन २१ गते घटनालगत्तै डिभिजन वन कार्यालयले किरिया खर्चबापत पीडित परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप १० लाख दिने प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
Comments are closed.