चितुवाको आक्रमणबाट १० वर्षीय बालकको ज्यान गयो

मंसिर १५,तनहुँ

चितुवाको आक्रमणबाट तनहुँमा शनिवार साँझ एक बालकको ज्यान गएको छ । भानु २ ढलेकोबरमा चितुवाले आक्रमण गर्दा १० बर्षिय अमृत गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

साँझको खाना खाएर करिब ७ बजेको समयमा हात चुठ्ने क्रममा चितुवाले बालकमाथी आक्रमण गरी घाइते बनाएपछि डुम्रे स्थित लक्ष्मी अस्पताल ल्याइएको स्थानीयले बताए । घाइते बालकको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको हो ।
यसअघि पनि भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको थियो । कार्तिक २९ गते भानु ४ कि ४ बर्षिय रन्जिता लम्सालको चितुवाको आक्रमणमा परि मृत्यु भएको थियो । त्यस पश्चात् सुरक्षाकर्मीले चितुवाको खोजी गरेपनि फेला नपरेपछि छाडेको थियो । आजको घटना पछि पुन चितुवा खोज्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

You might also like

Comments are closed.