चिनियाँ पर्यटक भित्र्याउन पोखरेली पर्यटन व्यवसायी रसुवागढीमा, व्यवसायी विच सहकार्यमा जोड

पोखरा, २१ जेठ ।
नेपाल चीन जोड्ने केरुङ नाकाबाट चिनियाँ पर्यटक भित्र्याउन रसुवाका पर्यटन व्यवसायी र पोखरेली पर्यटन व्यवसायी सहकार्य गर्ने भएका छन् । चीनको केरुङ नाका संचालनमा आए पनि यस नाकाबाट चिनिया पर्यटकको आगमन नबढेपछि पर्यटन प्रवद्धनका लागी पोखरा यातायात समितिको आयोजनामा व्यवसायी रसुवागढी पुगेका हुन् ।

चीन जोड्ने रसुवागढी सम्म पुगेका पर्यटन व्यवसायीले रसुवाको धुन्चेका पर्यटन ब्यवसायी संग पर्यटन विकासका सम्भावनाका बारेमा अन्तरक्रिया समेत गरे । रसुवा नुवाकोट र पोखराका पर्यटन व्यवसायी पर्यटन विकासमा सहकार्य गरि अघि बढ्ने अन्तरक्रिया कार्यक्रममा सहभागीले बताएका छन् ।

पोखरा आउने पर्यटकलाई रसुवाको प्रमुख पर्यटकीय गन्तब्य गोसाइकुण्ड, राष्ट्रिय निकुञ्ज, तामाङ हेरिटेज ट्रेल जान प्रवद्र्धनात्मक कार्य गर्ने र चीनको नाकाबाट भित्रीएका पर्यटकलाई पोखरा सम्म जाने वातावरण बनाउने बारेमा पर्यटन व्यवसायी सहमत भएका छन् । धार्मिक संस्कृतिक महत्वको रसुवा र नुवाकोटको पर्यटन विकासमा पोखरेली पर्यटन व्यवसायीले सघाउँदै आएको र थप सहयोग गर्ने अन्तरक्रिया कार्यक्रममा पोखरा यातायात व्यवसायी समितिका अध्यक्ष बोबरजंग गुरुङले बताए ।

गोसाइकुण्डा गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले रसुवा पर्यटकीय सम्भावना भएर पनि पछि परेको बताउँदै पर्यटन विकासमा पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीले सघाउनु पर्नेमा जोड दिए । गोसाइकुण्ड,तामाङ हेरिटेज ट्रेल, रेडपाण्डा जस्ता वन्यजन्तु र प्राकृतिक विविधता यहाँको आकर्षण भएको पनि उनले बताए । रसुवागढी नाकाका कारण पोखरा र रसुवाको पर्यटन विकासकालागी सहकार्य गर्ने अवसर मिलेको उनले सुनाए । कार्यक्रममा रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले चीनको केरुङ हुदै नेपाल आउने पर्यटकको प्रमुख गन्तब्य पोखरा, चित्वन र काठमाण्डौ भएको बताए ।

नेपाल चीन जोड्ने छोटो नाका संचालनमा आए संगै पोखरेली पर्यटन व्यवसायी चीनको नाका सम्म सवारी साधन संचलनको सम्भाब्यता अध्ययनका लागी रसुवागढी सम्म पुगेका हुन् । रसुवागढी सम्मको सडकमा पहिलो चरणमा साना जीप लगाएतका सवारी संचालन गर्ने निर्णयमा पर्यटन व्यवसायी पुगेको पोखरा पर्यटन यातायात समितिका अध्यक्ष गुरुङले बताए । चिनियाँ पर्यटक पोखरा र देश भर आउजाउ गर्न सहज बनाउन सवारी संचालनको सम्भावना अध्ययन गर्न चीनको नाका सम्म अवलोकन गर्न पोखराका पर्यटन व्यवसायी पुगेका हुन् ।

पर्यटकको लागी सुबिधा सम्पन्न सवारी साधन नाका सम्म आवस्यकता अनुसार संचालन गरिने पोखरा पर्यटन यातायात समितिका महासचिव नवराज अधिकारीले बताए । चिनियाँ नाका सम्म सडक संजाललाई छिटो भन्दा छिटो स्तरोन्नती गर्न सके चिनियाँ पर्यटकको आगमने नेपालको पर्यटनले फड्को मार्ने उनले विश्वास गरे ।

सम्भावना भएर पनि छायाँमा परेको नुवाकोट, रसुवामा नाका संचालन संगै आन्तरिक तथा वाह्य पर्यटकले पर्यटकीय चहलपहल बढ्दै गएको नेपाल चीन व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले बताए ।

You might also like

Comments are closed.