चिनीया मेडिकल टोली पोखरामा, निर्माणाधीन विमानस्थलमा स्वास्थ्य शिविर

आार्थिक आवाज
पोखरा, २० मंसिर । चिनीया मेडिकल टोलीले पोखरा आएको छ । टोलीले पोखरामा निमार्णाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य शिविर चलाएका छन् । विमानस्थल भित्र मेडिकल टोलीले कार्यरत कर्मचारी तथा मजदुर र स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिवीर चलाएका हुन् ।

नेपाली र चिनीया गरी ३ सय जना मजदुरको स्वास्थ्य जाँच गराएको चिनीयाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीइका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले बताए । दुई दिनसम्म चल्ने शिविरमा स्थानीयले पनि स्वास्थ्य जाँच गराएका थिए ।

स्वास्थ्य शिविरमा दाँत, मुख, पेट, छातीको स्वास्थ्य जाँच गरिनेको साथै, इसिजी, भिडियो एक्सरे, रगतको परीक्षण लगायतको सेवा दिइएको थियो । स्वास्थ्य परीक्षण पछि औषधी पनि निःशुल्क प्रदान गरिएको जनसम्पर्क अधिकृत चापागाईंले बताए ।

स्वास्थ्य जाँच गराएका मध्ये धेरैको छाती र मुखको समस्या देखिएको चिनीया मेडिकल टिमका प्रमुख डा. लि सियोले जानकारी दिए । विमानस्थल निर्माणकालागि १ सय जना चिनीयाँ र २ सय ५० जना नेपाली कार्यरत रहेको चापागाईले बताए । सन् १९९९ देखि चिनीया सरकारले नेपालका विभिन्न स्थानमा मेडिकल टिम पठाएर स्वास्थ्य शिविर चलाउँदै आएको पनि उनले बताए ।

काठमाडौंमा स्वास्थ्य शिविर चलाइसकेको चिनीया मेडिकल टोलीले पोखरामा दुई दिन स्वास्थ्य शिविर चलाएपछि लुम्बिनीमा पनि स्वास्थ्य शिविर चलाइने बताएको छ । ११ औं चाइनिज मेडिकल टोलीमा भिन्नभिन्न विषयका १७ जना डाक्टरको टोली छ ।

You might also like

Comments are closed.