चिन्तामणि बास्तोला र जगन गुरुङलाई सम्मान

आर्थिक आवाज
पोखरा, ८ असोज ।

पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनबाट बस्तुगत सदस्यमा निर्वाचित चिन्तामणि बास्तोला र नेपाल भारत मैत्री संघको अध्यक्षमा निर्वाचित जगन गुरुङ सम्मानित भएका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) कास्कीले उनीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

बास्तोला क्यान गण्डकी प्रदेशका अध्यक्ष तथा कास्कीका निवर्तमान अध्यक्ष हुन् । गुरुङ क्यान केन्द्रका सचिव तथा कास्कीका संस्थापक अध्यक्ष हुन् । संस्थाका पूर्व अध्यक्षहरुले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकाले सम्मान गरिएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बास्तोला र गुरुङसहित क्यान कास्कीका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्याल, गुणानिधि पाण्डे, सचिव सेवक क्षितिज लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.