पोखरा, २१ पुस । बिदी कमर्सियल इक्युपमेन्ट सोलुसन्स प्रालि काठमाडौंले नेपाली बजारमा चिस्याउने उपकरण सम्बन्धी सामानको बिक्री गर्दै आइरहेको छ । प्रालिले करिब १ वर्षदेखि विभिन्न ब्राण्डका सामान बिक्री गर्दै आइरहेको हो । भारतमा बनेका वेस्टर्न ब्रान्डका डिप फ्रिजर र भिसी कुलर नेपाली बजारमा निकै लोकप्रिय रहेको प्रालिका निर्देशक विज्ञान लोहनीले जानकारी दिए ।
व्यवसाय विस्तारका क्रममा पछिल्लो समय होशिजाकी ब्रान्डका स्टेनलेस स्टिल फ्रिजर र क्यारियर ब्रान्डका कोल्ड रुमको पनि प्रालि आधिकारिक बिक्रेता बनेको लोहनीले बताए । ‘वेस्टर्न ब्रान्ड जापानिज कम्पनी होशिजाकीको सहकार्यमा उत्पादन हुने हुँदा उच्च गुणस्तरका फ्रिजरहरु नेपाली बजारमा उपलब्ध छन्,’ उनले भने, ‘क्यारियर ब्रान्ड विश्वमै चर्चित अमेरिकी बहुराष्ट्रिय कम्पनी हो ।’
कोक, पेप्सी, काल्र्सबर्ग लगायत विश्व प्रसिद्ध कम्पनीहरुलाई वार्षिक रुपमा फ्रिजरहरु सप्लाई गर्ने वेस्टर्न कम्पनीको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता बिदी कमर्सियल रहेको उनले बताए । वेस्टर्न ब्रान्डका फ्रिजरहरु नेपालको जुनसुकै भौगोलिक क्षेत्रमा पनि राम्रो चिस्यान दिन सक्ने लोहनी बताउँछन् । ‘आधुनिक प्रविधिबाट बनाइएका यी फ्रिजरहरुमा ३ वर्षको वारेन्टी दिइएको छ,’ उनले भने, ‘कम बिजुली खपत हुने, मर्मत फ्रि कण्डेनसर, सुरक्षित यन्त्र तथा गुणस्तरीय पार्ट पूर्जाहरु यसका थप विशेषताहरु हुन् ।’ आइसक्रिम कम्पनी, डेरी व्यवसाय, मासु व्यवसाय लगायत होटेल, रेस्टुरेन्ट तथा अन्य पसलहरुमा समेत यसको उपयोग हुने उनले बताए ।
जापनिज कम्पनी होशिजाकी ब्रान्डका कमर्सियल स्टेनलेस स्टिल फ्रिजर, अन्डर काउन्टर, चिलरको पनि नेपालको आधिकारिक बिक्रेता बिदी कमर्सियल हो । होशिजाकीका उत्पादनहरु प्राय गरी ठुला होटल तथा रेस्टुरेन्टहरुमा प्रयोग हुने लोहनीले बताए । ‘नेपाल भरी आधिकारिक बिक्रेता नियुक्त गरी यी सामानहरु उपलब्ध गराइएको छ,’ उनले भने, ‘बिक्री पछिको सेवाको लागि प्रमुख शहरहरुमा आफ्नै सञ्जाल तयार छ ।’
राष्ट्रिय औद्योगिक व्यापार मेलामा विदीका सामान
यसैबीच, नेपाली बजारमा चिस्यान उपकरण बिक्री गर्दै आइरहेको बिदी कमर्सियल इक्युपमेन्ट सोलुसन्स प्रालिले पोखरामा आयोजित सफल राष्ट्रिय औद्योगिक व्यापार मेलामा आफ्ना सामानहरु बिक्री तथा प्रदर्शनीमा राख्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघले यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरामा मेला आयोजना गरेको हो ।
मेलास्थलमा रहेको मोबाइल डोम भित्र विदीले स्टल राखेर सामान प्रदर्शनी गर्ने कम्पनीका कर्पोरेट सेल्स म्यानेजर चन्दा क्षेत्रीले जानकारी दिइन् । ‘हाम्रो कम्पनीले बिक्री गर्ने सामानहरु नेपाली बजारमा निकै लोकप्रिय छन्,’ उनले भनिन्, ‘विदीले बिक्री गर्ने सामानहरुका बारेमा अझै धेरैलाई जानकारी दिन सामान प्रदर्शनीमा राख्न लागिएको हो ।’ पोखरा क्षेत्रमा पनि विदीका सामानको माग राम्रो रहेको उनले बताइन् ।