चीनको सेन्झेन सहर, जहाँ ९५ प्रतिशत विद्युतीय ट्याक्सी छन्, अन्य देशको अवस्था कस्तो छ ?

काठमाडौं, ३० पुस । चीनको सेन्झेनमा चल्ने सिटी ट्याक्सी मध्ये करिब ९५ प्रतिशत विद्युतीय ब्याट्रीबाट चल्न थालेका छन् । टेकक्रन्चमा प्रकाशित रिपोर्ट अनुसार सहरमा २१ हजार भन्दा बढी ट्याक्सी यस्ता ब्याट्रीबाट चल्छन् । बाँकी १३ सय ५० ट्याक्सी पनि यस्तै प्रकारको ब्याट्री ब्याकअपका लागि पर्खिरहेका छन् ।

नेपालमा समेत केही समय यता विद्युतीय कार उपलब्ध गराइरहेको कम्पनी बीवाईडीको प्रधान कार्यालय रहेको सेन्झेन सहित १३ सहरमा चीनले विद्युतीय सवारीलाई बढावा दिने नीति लिएको छ । यसका लागि सन् २०१० देखि नै विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको छ । यो सहरमा इलेक्ट्रिक बस फ्लिट पनि प्रशस्तै छन् ।

ब्याट्रीबाट चल्ने ट्याक्सीको प्रयोगले वार्षिक रुपमा अनुमानित ८ लाख ५६ हजार मेट्रिक टन कार्बन उत्सर्जनमा कमी ल्याउने बताइएको छ । विद्युतीय कारको संख्यामा उल्लेख्य बृद्धि हुनु सकारात्मक मान्न सकिन्छ । वायु प्रदूषण कम गर्नका लागि चिनियाँ सरकारले बढी भन्दा बढी विद्युतीय सवारी साधन सडकमा गुडाउने प्रयास गरिरहेको छ । संयुक्त अधिराज्यमा आफ्नो ब्यापार विस्तार गर्न लागेको बीवाईडी जस्ता विद्युतीय कार र बसका लागि ब्याट्री उत्पादन गर्ने कम्पनीहरुलाई पनि यो अभियानले सहयोग पु¥याएको छ ।

शहरको सम्पूर्ण यातायात क्षेत्रलाई सफा विद्युतीय कारमा परिणत गर्नु उत्तम कार्य हो । उक्त कार्य पुुरा गर्न शहर र राज्यहरुले सरकार तथा ट्याक्सी कम्पनीहरुलाई सुरुवातको निसाना बनाएका छन् । कोलम्बस र न्युयोर्क लगायतका शहरहरुले पुराना ट्याक्सीहरुमै विद्युतीय इन्जिन प्रयोग गर्ने गरि विद्युतीय इन्जिन खरिद गर्न थालेका छन् । यसले सवारी परिचालनमा पनि सहजता ल्याउँछ किनकि सवारीहरुलाई रातभर चार्ज गर्न सकिन्छ र चार्जिङ स्टेशनहरु शहरमा जता पनि जडान गर्न सकिन्छ ।

जे भए तापनि केही शहरहरुले भने चालकको अबरोधको सामना गर्नु परेको छ । उदाहरणका लागि वासिंगटन डिसीमा चालकहरुले निसान लिफले चार्ज हुन समय लगाउने र कहिलेकाहिँ चार्ज गर्नकै लागि सार्वजानिक चार्जर खोज्दै धेरै टाढा पुग्नुपर्ने गुनासो गरेका छन् । शहरले विद्युतीय सवारी खरिदका लागि अनुदान दिन थालेका छन् तर चालकहरु यसबाट कमाई नहुने र चार्ज गर्न दुःख हुने गुनासो गर्छन् ।

You might also like

Comments are closed.