चुनावी अभियानमा इक्यानका उमेदवार पाण्डे समूह

पोखरा, ४ बैशाख ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को यहि वैशाख ८ गते काठमाडांैमा हुने राष्ट्रिय अधिवेशनको मिति नजिकिदै गर्दा नया नेतृत्वको दावी गर्दै अध्यक्षका प्रत्याशि विष्णुहरी पाण्डे समूहले पोखरामा उम्मेदवार परिचय कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

शैक्षिक व्यवसायीहरुको छाता सँगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १२ आँँै राष्ट्रिय अधिवेशन बाट आगामि २ वर्षको लागि नया नेतृत्व चयन हुने हुँदा अध्यक्ष सहित सम्पुर्ण पदाधिकारी र सदस्यहरु दुई समुहमा विभाजित भई आआफ्नो प्यानल निर्माण गरी चुनावी मैदानमा होमिएका छन् । संस्थापन पक्षको नेतृत्व गर्दै वर्तमान उपाध्यक्ष विष्णुहरि पाण्डे १८ जनाको टिम सहित चुनावी प्रचारप्रसारमा दौडिएका छन् भने, सरोज बस्नेत पनि आफ्नो १८ जनाको टोली बोकी चुनावी दौडमा देखिएका छन् ।

शैक्षिक क्षेत्रमा स्थापित अनुभवी र कुशल नेतृत्व क्षमताको प्रभाव पार्न सफल पाण्डे समूहले पोखरा र चितवन सँगै सवै क्षेत्र विशेषलाई पनि समेट्दै समावेशि सक्षम उमेदवार खडा गरेको हुँदा कास्कीका शैक्षिक व्यवसायीहरु पाण्डे समुहलाई अत्याधिक मतका साथ विजय गराउने दौडमा होमिएका हुन । पोखरावाट कर्ण वहादुर गुरुङ केन्द्रिय कार्यसमिति सदस्यमा पाण्डे समुहवाट उमेदवार बनेका छन भने इक्यानका सदस्य तथा व्यवसायीहरुको हक हितका पक्षमा सहि मुद्दाहरु उठान गरेको कारण पनि विष्णुहरी पाण्डे समुहको पक्षमा अधिकाँश शैक्षिक व्यवसायीहरु उभिएको इक्यानका सक्रिय सदस्य तथा नोभेल इन्स्टिच्युटका प्रबन्ध सञ्चालक देवराज शर्माले बताए ।

“सहि व्यक्ति सहि स्थान सुदृढ र समृद्ध इक्यान” भन्ने नारा वोकी केन्द्रीय अध्यक्ष, निवर्तमान अध्यक्ष सहित अधिकाँश वर्तमान कार्यसमिति सदस्यहरु र पुर्व अध्यक्षहरुको समर्थन र साथ रहेको पाण्डे समुहले पोखरेली कर्ण वहादुर गुरुङलाई साथ दिएको कारण पोखराका सम्पुर्ण शैक्षिक व्यवसयीहरुको साथ र समर्थन विष्णहरी पाण्डे समुहलाई हुने इक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले वताए भने उपाध्यक्ष रमेश थापाले पाण्डे समुहलाई अत्याधिक वहुमतले जिताउन आव्हान गरेका थिए ।

अध्यक्षका प्रत्याशी विष्णुहरि पाण्डेको अध्यक्षतामा सम्पन्न उमेदवार परिचय कार्यक्रमका अतिथिहरुमा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष राजेन्द्र बराल, इक्यान चितवनका उपाध्यक्ष, सचिव, इक्यान कास्कीका सल्लाहकार प्रदिप पोखरेल लगाएतका अतिथि वक्ताहरुले साझा धारणा राख्दै पाण्डे समुह अव्वल रहेको ठोकुवा गरेका थिए । महासचिव पदका उमेदवार शेशराज भट्टराईले सम्पुर्ण उमेद्वारहरुको परिचय गराएको सो कार्यक्रम इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले सञ्चालन गरेको थिए भने कास्की इक्यानका उपाध्यक्ष रमेश थापाले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.