चुनाव र सागका लागि कास्की प्रहरीले बनायो सुरक्षा योजना

पोखरा । प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नम्बर २ मा यहि मंसीर १४ गते हुने उप–निर्वाचन तथा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरेर कास्की प्रहरीले सुरक्षा ब्यबस्था कडा बनाएको जनाएको छ । चुनावमा हुने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा ब्यबस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । उप–निर्वाचन मात्रै नभएर यहि मंसीर १५ गतेबाट हुने तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितालाईपनि ध्यानमा राखेर सुरक्षा ब्यबस्था चुस्त पारिएको आइतबार आयोजित नियमित पत्रकार भेटघाटमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले बताए । चुनाव र साग प्रतियोगिताभरी कहिंकतै कुनैपनि घट्ना हुन नदिन हामी सचेत ढंगले लागेका छौं,‘उनले भने,‘चुनावी सुरक्षा योजना र साग लक्षित सुरक्षा योजना बनाएर सुरक्षालाई थप चुस्त बनाएका छौं ।’

एसपी कार्कीले प्रभाव र दवाबबाट मुक्त भएर भोट हाल्ने वातावरण बनाउने दाबी गरे । जसका लागि मतदान स्थलदेखि मतगणना स्थलसम्मको सुरक्षा योजना बनाएका छौं । उनले कास्कीमा अबाञ्छित कृयाकलाप गर्नेहरुबाट सुरक्षा चुनौति रहेको बताए । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा चुनौति रहेको संकेत गरेपनि उनले नाम भने उल्लेख गरेनन् । सुरक्षा चुनौति छैन होइन छ,‘उनले भने,‘केहि अबाञ्छित कृयाकलाप गर्नेहरुबाट सुरक्षा चुनौति छ, तर हामीले बनाएको सुरक्षा योजनाहरु ति सबै चुनौतिहरु पन्छाउन सफल हुन्छन् ।’ चुनावी संवेदनशीलतालाई ध्यानमा राखेर सबै किसिमको तयारी गरिएको उनको भनाई्र छ । उनले आम चुनावमा भन्दा उप–चुनावमा सुरक्षा चुनौति बढी हुने बताए । आम चुनावमा अबाञ्छित गतिविधी गर्नेहरु आ–आफ्ना क्षेत्रमा जाने भएपनि उप–चुनावमा उनीहरु कुनै एक ठाउँमा केन्द्रीकृत हुने भएकाले सुरक्षा चुनौति थपिने उनको भनाई छ ।

एसपी कार्कीले सुरक्षा योजनालाई सफल पार्न थप सुरक्षा फौज मगाइने बताए । सुरक्षा योजनामा कति सुरक्षाकर्मी आवश्यक पर्छ र केन्द्रबाट कति सुरक्षाकर्मी आवश्यक छ भनेर भन्न मिल्दैन,‘उनले भने,‘तर यहिंको सुरक्षाकर्मीले त पुग्दैन, थप जनशक्ति हामी मगाउँछौं ।’ उनले सुरक्षाकर्मी परिचालन गर्दा नेपाल प्रहरी बाहेक अन्य प्रहरी खटिदा डुब्लिकेसन (दोहोरिने÷तेहेरिने) नहुनेगरी सशस्त्र प्रहरी र नेपाल आर्मीलाईपनि खटाउने योजना बनेको बताए ।

एसपी कार्कीले स्वतन्त्र राष्ट्रिय अभियान नेपाललाईपनि निर्वाचन गतिविधिको रुपमा लिएर त्यसलाई नियन्त्रणमा लिने योजना बनाएको बताए । मतपत्र च्यात्ने, मतपत्रमा दोहोरो÷तेहेरो छाप लगाउन, मतपत्रको उल्टोपट्टी छाप लगाउन आह्वान गर्ने व्यक्ति वा समूह सबै सुरक्षा चुनौतिका रुपमा रहेकाले उनीहरुलाई निगरानीमा राखिएको र आवश्यक्ता अनुसार नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने भए सोहि अनुसार गर्ने तयारी भएको उनले बताए ।

एसपी कार्कीले सागका लागिपनि चुनावी रणनीति बनाइसकेको बताए । सागमा आउने प्रमुख अतिथि, अतिथिसहित खेलाडी, अफिसियल र दर्शक लक्षित गरेर चुनावी रणनीति बनाइएको छ । भिभिआइपी, भिआइपीदेखि दर्शकसम्मलाई सुरक्षा दिने योजना बनेको उनको भनाई छ । हरेक खेल हुने स्थान लक्षित गरेर सुरक्षाकर्मीको टोली खटाइने उनले बताए ।

You might also like

Comments are closed.