चेपाङ वालवालिकालाई लायन्स लेकसाईडद्वारा न्यानो कपडा वितरण

पोखरा, २० पुस ।

लायन्स क्लव अफ पोखरा लेकसाईडले वालावलिकलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरणमा रेन्वो चिल्ड्रेन होमको पनि सहयोग रहेको छ ।

चितवनको माडी नगरपालिका वडा नं ९ कुसुमखोलाका करिव १ सय जना चेपाङ वालवालिकालाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लव ईनटरनेशनल ३२५ बि वानका डिष्ट्रिक कमिटी चियर पर्सन तथा क्लवका पुर्व अध्यक्ष रामु गौतमले जानकारी दिए । करिव २ लाख ५० हजार रुपैयाँँ वरावरको सहयोग गरिएको गौतमले जानकारी दिए । बाढी पिडित बालवालिकालाई कपडा वितरण गरिएको हो । वालवालिकाका साथै ठुला व्यक्तीलाई पनि न्यानो कपडा वितरण गरिएको छ । त्यहाँका वालावलिकाको स्थिती दयनिय रहेकाले सहयोग गरेको र अझै थप सहयोग आवस्यक रहेको क्लवका अध्यक्ष वलराम पहारीले जानकारी दिए ।

चेपाङ वस्तीमा रहेका व्यक्तीलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशिलताका विभिन्न कार्यक्रम संचालन गर्ने लक्ष्य पनि क्लवको रहेको छ । गतबर्षको वाढीले घरवार बगाएका बाढी पिडितलाई गतबर्ष  पोखरा पर्यटन परिषद्ले पनि खाद्यान्य तथा कपडा सहयोग गरेको थियो ।


कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा रेन्वो चिल्ड्रेन होमका संचालक गोमा ढकाल, स्थानीय समाजसेवी, वडा अध्यक्ष, वडा सदस्य लगायतको उपस्थिती थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा वडा सदस्य टिका आचार्य को विशेष सहयोग तथा समवंन्य थियो । कार्यक्रम सफल बनाउन क्लबका सदस्य कमल भुजेलको पनी सहयोग रहेको थियो ।

You might also like

Comments are closed.