lcci festival

चोरीका सामान सहित २ जना पक्राउ

पोखरा ।
भदौ १० गते पोखरा १३ गौडाकोमुख स्थित जयगंगामार्गमा स्थायी घर भई हाल अष्ट्रेलिया बस्दै आएका ठाकुर प्रसाद पोख्रेलको घरको चावी फोरी घरभित्र रहेका सामान चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घरभित्र रहेका टि.भी, मोवाईल, कुकर, भाडाकवर्तन, लत्ताकपडा समेत गरी करिव १ लाख ९५ हजार ५ सय ५० रुपैयाँ बराबरको सामान चोरी गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा १२ का सन्तोष लामिछाने र रोशनी थापा मगर लामिछाने रहेका छन् । चोरी भएका सामान समेत बरामद गरी चोरी तथा डाँका कसुरमा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७  दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.