चौथो एकता बुक्स अन्तर बिद्यालय ह्याण्डवल प्रतियोगिता जारी

पोखरा १०, माघ
पोखरा रंगशालामा जारी चौथो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिता अन्र्तगत आज (विहिबार) छात्रा तथा छात्र तर्फका ८ खेल सम्पन्न भएका छन् ।
बिहिबार भएको छात्रा तर्फ ३ र छात्र तर्फ ५ गरी ८ खेल सम्पन्न भएको प्रतियोगिताका संयोजक चित्र बहादुर थापाले बताए । आज भएको पहिलो खेलमा पोखरा एकेडेमीले सरस्वती बिद्या आश्रमलाई ४–१ को गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा लेखनाथ विभुतिले रेन्वो एकेडेमी माथि ४–१ को जित दर्ता गर्यो । अर्को खेलमा माउण्ट अन्नपुर्णले सृजना माविलाई एक गोलको बिरुद्ध ७ गोल थप्यो ।

त्यसै गरी छात्र तर्फको आजै भएको पहिलो खेलमा वाल प्रभातले कान्तिपुर स्कुललाई ५–३ को गोल अन्तरले पाखा लगायो । दोश्रो खेलमा एस.ओ.एस. हर्मन माईनरले चिल्ड्रेन एकेडेमीलाई १२–३ को फराकिलो गोल अन्तले पराजित गर्यो ।
तेश्रो खेलमा प्रगती एकेडेमीले राईजीङ स्टारलाई ६ गोलको बिरुद्ध ११ गोलले पराजित गर्यो । चौथो खेलमा कास्की मोडनाईज एकेडेमीले पर्वतको नमुना वोर्डिङ स्कुललाइ १९–१७ को गोल अन्तरले पराजित गर्यो । विहिबार छात्र तर्फको अन्तिम खेलमा माउण्ट अन्नपूर्णले कान्तिपुर स्कुललाई ४ गोलको बिरुद्ध १६ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

प्रतियोगिता सुक्रबार विहानै देखि क्वाटर तथा सेमिफाईनलका खेलहरु हुने भएको रेफ्रि कमिटिका संयोजक राम बहादुर क्षेत्रीले जनाए । कास्की जिल्ला ह्याण्डवल संघको आयोजना नेपाल ह्याण्डवल संघको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा छात्र तर्फ १६ र छात्रा तर्फ १० टिमको सहभागिता रहेको संघ कास्कीका सचिब टेक बहादुर गुरुङले बताए ।

“ह्याण्डवल खेलौं, स्वस्थ र अनुशासित युवा जनशक्ति तयार गरौं ” भन्ने नाराका साथ पोखरामा आयोजना भएको उक्त प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । प्रतियोगिता यही माघ १२ गतेसम्म संचालन हुने भएको छ ।

You might also like

Comments are closed.