चौथो यूनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीलाई

आर्थिक आवाज
पोखरा, ३ पुस । निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था, संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) द्वारा आयोजित ‘चौथो खेलकुद महोत्सव–२०७५’ मंगलबार पोखरा रंगशालामा सम्पन्न भएको छ । एक साता चलेको चौथो खेलकुद महोत्सबमा वेलनन एकेडेमीले उपाधी उचालेको छ । वेललनले यूनिप्स खेलकुद महोत्सवमा लगातार तेश्रो पटक उपाधी उचाल्दै उपाधी माथीनै कब्जा जमाएको छ । चौथो खेलकुद महोत्सवमा वेललनले कूल १४३ अंक बटुल्यो भने दोश्रो स्थानमा रहेको एकता सेकेण्डरी ले ११३ अंक, तेश्रो स्थानमा कालिका ईङलिस बोर्डिङले ९० अंक र स्माइल स्मल हेभेनले ६८ अंक सहित सान्त्वना स्थान प्राप्त गर्न सफल रहेको छ ।

खेलकुद महोत्सव अन्र्तगत फुटबल छात्र तर्फ वेलनन एकेडेमी पहिलो, पिनाकल एकेडेमी दोश्रो र कालिका ईङलिस बोर्डिङले तेश्रो स्थान हात पारेका छन । त्यस्तै भलिबल छात्र तर्फ एकता आवाशिय, स्माइल स्मल हेभेन, र वेलनन क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन । त्यस्तै छात्रा भलिबलमा होली एञ्जल, एकता आवाशिय र कालिका ईङलिस बोर्डिङ क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

त्यस्तै कब्बडी छात्रतर्फ पिनाकल एकेडेमी प्रथम, गेफ सेकेण्डरी द्वितिय र वेलनन तृतिय भएका छन भने छात्रा तर्फ जनकल्याण होली एञ्जल र ज्ञानकुञ्ज, क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन । कब्बडी खेलको निमाबी तर्फ ज्ञानकुञ्ज, कालिका र होलील्याण्ड क्रमश प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरे । समापन कार्यक्रममा बिजेता विद्यालय तथा खेलाडीहरुलाई शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुबेदी, यूनिप्सका संस्थापक अध्यक्ष धु्रब गिरी, यूनिप्स प्रथम उपाध्यक्ष विश्वराज खनाल लगाएतले पदक, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

यूनिप्स नेपालका केन्द्रिय अध्यक्ष शान्ता बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख सुबेदीले खेलकुद सभ्यताको एक अंग भएकाले पनि खेलकुदमा सहभागितानै महत्वपूर्ण हुने बताए । कार्यक्रममा कास्की जिल्ला खेलकुुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल लगाएतले सम्बोधन गरेका थिए । संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) द्वारा आयोजित चौथो यूनिप्स खेलकुद महोत्सबमा १८ विद्यालयका ३ हजार विद्यार्थीहरुले विभिन्न खेलका ४७ वटा इभेन्ट्समा सहभागिता जनाएका थिए । प्रतियोगिताहरु लेखनाथ स्थित आर्दश खेल मैदान र पोखरा रंगशालमा आयोजना गरिएको थियो ।

You might also like

Comments are closed.