हिमाअस हस्पिटालिटी कन्टेस्टमा एस टु प्रोडक्सनको सहकार्य

पोखरा । चौथो संस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ को इभेन्ट पार्टनरमा एस टु प्रोडक्सनले सहकार्य गर्ने भएको छ । मंगलबार एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र एस टु प्रोडक्सनका प्रमुख सुरज श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

‘इभेन्ट बाईको रुपमा एसटु प्रोडक्सनसंग सहकार्य गर्ने सहमती भएको छ,’ निर्देशक पाण्डेले भने ‘हस्पिटालिटी थिमसंगै र भ्रमण वर्षलाई समेत टेवा पुग्ने गरि फोटो र भिडियो खिचिनेछ ।’ एस टु प्रोडक्सन लामो समयदेखि पोेखरामा इभेन्ट, फोटो, भिडियोको क्षेत्रमा क्रियाशील छ ।

चौथो संस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ मा १८ जना प्रतिस्पर्धी छन् । प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले बन्द प्रशिक्षण दिइरहेको कार्यक्रम संयोजक रेग्मीको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।

कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्िटङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमो मनाइरहेको सन्दर्भमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौथों सिजनलाई स्पेसल इडिसन फर भिजिट नेपाल २०२० को रुपमा आयोजना गरिएको छ ।

 

You might also like

Comments are closed.