च्यासलबिरुद्ध क्यामरुनको कठीन जित

सन्देश श्रेष्ठ

पोखरा, १६ माघ ।  मनकामना केबलकार पोखरा कपमा क्यामरुनको डफिन्स टिम फेमेलीले बिजयी शुरुवात गरेको छ । कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा भइरहेको पोखरा कपमा क्यामरुनको डफिन्स टीमले च्यासल युथ क्लवबिरुद्ध १–० को कठीन जित निकाल्दै सुखद शुरुवात गरेको हो । क्यामरुनका लागि प्रिसोले निर्णायक गोल गरे । उनले खेलको दशौं मिनेटमै गोल गरेका थिए । इकोबेनले प्रहार गरेको बलमा उनले हेडर गोल गरेका हुन् ।

फ्रेञ्चाइजी लिग खेल्ने उद्धेश्यले नेपाल आएको क्यामरुनको डफिन्स टीम फेमेलीको यो पहिलो जित हो । यसअघी खप्तड गोल्डकप र ईटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपमा पहिलो खेलबाटै पराजित क्यामरुन पोखरामा भने जित निकाल्न सफल भएको हो ।

MANASLU

फिजिकल्ली बलियो क्यामरुनका खेलाडी बिरुद्ध च्यासल निरिह देखियो । टेक्निकल्ली र ट्याक्टीकल्ली उत्कृष्ट देखिएपनि च्यासल क्यामरुनका अग्ला खेलाडी सामु स्कोर निकाल्न भने असमर्थ भयो । यद्वपी दुबै टीमले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फालेका थिए । खेलको दोश्रो हाफको थपिएको समयको पनि अन्तिम मिनेटमा क्यामरुनका इकोबेनले डि बक्स भित्र किपरसँग वान टु वानको अवस्थामा पनि गोल गर्न चुके ।

बिजयी टीम क्यामरुनको डफिन्स टीम फेमेलीका कोअर्डिनेटर आशिक थापामगरले नयाँ ठाउँमा खेलाडीलाई एडजस्ट गर्न गाह्रो हुँदा सोंचेजस्तो खेल्न नसकेपनि पहिलो जित निकाल्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले क्यामरुनको डफिन्स टीम फेमेली त्यहाँको एकेडेमीमा रहेका खेलाडीहरुको टीम रहेको प्रष्ट्याए । उनले आगामी खेल खेल्नको लागि थप ३ जना स्ट्राइकर आउने जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत विहीबारको खेल स्थगित भएको छ । आयोजक पोखरा ११ सँग खेल्ने ब्रिगेड ब्याइज क्लव इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपका लागि बस्नु पर्ने भएकाले विहीबारको खेल शुक्रबारलाई सारिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनले प्राविधिक कारणले खेल सरेपनि सेड्यूल परिवर्तन नहुने उनले स्पष्ट पारे ।

माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेका छन् । त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

फोटो ः राम गुरुङ

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...