छमछमी तीजमा जमुना र लक्ष्मीलाई सम्मान

 

पोखरा, १८ भदौ ।

गोल्डेन आइ टेलिभिजन र माछापुच्छ«े एमएमले संयुक्त रुपमा लोटस १८ औं छमछमी तीज तीजगीत प्रतियोगिता २०७५ गर्ने भएका छन् । भदौ २२ गते हुने कार्यक्रममा तीजगीत प्रतियोगितासँगै पत्रकार जमुना वर्षा शर्मा र लोकगायिका लक्ष्मी सुवेदीलाई सम्मान गरिने भएको छ ।

पत्रकारितामार्फत समाज र नेपाली महिलाको सशक्तीकरणमा उल्लेख्य भूमिका निर्वाह गरेकोमा शर्मालाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक अनिशा श्रेष्ठले बताइन् । सञ्चारिका समूह पमिाञ्चल अध्यक्ष शर्मा पोखरा एक्सप्रेसकी प्रधानसम्पादक पनि हुन् । विभिन्न पत्रपत्रिकामा उनका समाजिक विकृति उन्मूलन र महिला केन्द्रीत लेखहरु प्रकाशन हुँदै आएका छन् ।

गायिका सुवेदीलाई भने संगीतमार्फत नेपाली नारीको उत्थान र सचेतनामा भूमिका निर्वाह गरेकोमा सम्मान गर्न लागिएको हो । पोखरा २१ कृस्तीकी बासिन्दा उनी २५ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील छिन्।

पोखराको पहिलो टेलिभिजन गोल्डेन आइ र माछापुच्छ«े एफएमले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको र यसपालिको कार्यक्रम त्यसैको निरन्तरता भएको एफएमका अध्यक्ष देव क्षेत्रीले बताए । नेपाली मौलिक संस्कृतिको जर्गेना गरी त्यसको प्रर्वद्धन गर्न यसले सघाउने उनले अपेक्षा गरे ।

तीजगीत प्रतियोगितामा २० समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । तीजगीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २०, १५, १० र ५ हजार नगदका साथमा उपहारहरु र प्रमाणपत्र प्रदान गरिनेछ ।

You might also like

Comments are closed.