छाँया नेपालद्वारा पोखरामा राहत सामग्री वितरण

पोखरा ।

लामो समयको लकडाउनका कारण अप्ठ्यारोमा परेकालाई छाया नेपालले सहयोग गरेको छ । लकडाउनका कारण देशैभरको सबै उद्योग, ब्यवसाय, होटल, रेष्टुरेण्ट, स्कुुल, कजेज, सडक निर्माण, निजी तथा ब्यवसायीक भवन निमार्णकार्य लगायत सबै काम बन्द छन् । लकडाउनको कारणले दैनिक ज्यालादारी गर्नेले काम नपाएकोले आम्दानी खानाका लागि अप्ठ्यारोमा परेकाहरुलाई लक्ष्त गरेर सहयोग गरेको हो ।

सस्थाले पोखरा महानगनरपालिका वडा नम्बर ६ शान्तीपाटन बैदाममा एक सय परिवारलाई राहत वितरण गरेको हो । २५ केजी चामल, दाल, चिउरा, चिनी, सोयाविन, खाने तेल, नुन र साबुन लगायत करीब दुई लाख पचास हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो ।

पोखरा महानगरापालिका ६ का वडा अध्यक्ष जगत बहादुर पहारी, छाया नेपालका मेडिकल डाईरेक्टर डाक्टर रविराज तिमसेना, वडा सदस्य हरी पहारी सहितले राहत सामग्री वितरण गरेका थिए । राहत वितरणमा धेरै अघि देखि पोखरामा बस्दै आएका विदेशी नागरीक टोमस, अलेक्स, माईक र पोखरा ६, का धु्रर्व बस्नेत र संगिता बस्नेत समेतले सहयोग गरेका थिए ।
राहत विरण कार्यक्रममा वडा अध्यक्ष पहारीले राहतको सहि सदुपयोग गरी कोरोना रोगबाट बच्न साबुन पानीले नियमित हात धुने, स्वास्थमा विशेष ध्यान दिन र सकेसम्म घरैमा बस्न सबैलाई अनुरोध गरे ।

छाँया नेपालका मेडिकल डाईरेक्टर डा. तिमसेनाले छाँया नेपालले, देशका काठमाण्डौं, भक्तपुर, सर्लाही, पोखरा गरी एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको बताए । ट्युज्डे फर राई कार्यक्रम अन्र्तगत आगामी मंगलबार पोखरामा खाचाँेमा परेका परिवारलाई राहत वितरण गर्ने उनले बताए ।

You might also like

Comments are closed.