छात्र÷छात्रा भलिवल प्रतियोगिताको तयारी तिव्र

पोखरा, ३० पुष

पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म आयोजना हुने सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘सृजना छात्र÷छात्रा भलिवल प्रतियोगिता’को तयारी तिव्र पारिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगितामा सहभागिताका लागि आग्रह गर्दै कास्कीका मावि स्तरिय ७५ भन्दा बढी विद्यालयलाई पत्र पठाइ सकिएको आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ विद्यालयले नाम दर्ता गराईसकेको उनले जानकारी दिए ।

jutta mela

प्रतियोगिताका लागि माघ ५ गते अपराह्न ५ बजेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने उनले बताए । पोखरा रंगशालास्थित भलिवल संघको कार्यालय वा सिमलचौरस्थित सृजना विकास केन्द्रको कार्यालयमा नाम दर्ता गर्न सकिने उनले जानकारी दिए ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागि सबै टिमलाई तयारीका लागि ५÷५ हजार प्रदान गरिने सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.