छात्रछात्रालाई न्यानो कपडा एवं शैक्षिक सामग्री बितरण

आर्थिक आवाज
पोखरा, १२ पुस । बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा न्यूरोड र इनरह्वील क्लब पोखरा न्यूरोडले भिमाद नगरपालीका वडा नं २ टेव्रmे भञ्याङस्थित श्री बाल विकास माध्यामिक विद्यालयमा स्वीटर र शैक्षिक सामग्री बितरण गरेको छ । बुधवार विद्यालय प्राङगणमा आयोजित एक समारोहमा बाबा फउण्डेशन नेपाल सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेल, ईनरह्वील क्लब पोखरा न्यूरोडका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले बिद्यालयमा अध्ययनरत १७५ जना छात्रछात्रालाई संयुक्त रुपमा खेलकुद सामाग्री, कपी कलम र स्वीटर बितरण गरेका छन् ।

कार्यक्रममा विद्यालयको माग अनुसार शिशुकक्षादेखि ९ कक्षासम्म अध्ययनरत विद्यर्थीलाई कपि कलम र विभिन्न कक्षामा अध्ययनरत ४६ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले जानकारी दिए ।

बितरण समारोहमा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलले मानवीय सेवाका कार्य अन्तर्गत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा शैक्षिक सामग्री बितरण गरि समाजको चेतनाको स्तरलाई उकास्न विद्यालयमा शैक्षिक सामग्रीहरु बितरण गरिएको बताए । हाम्रो सानो प्रयासले बालबालिकाको उज्यालो भविश्य कोर्न एउटा सहजताको माध्यम बन्न पाउने सौभाग्यलाई सदुपयोग गरि विद्यार्थीलाई स्विटर र कपि कलम र खेलकुद सामग्री वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए ।

बाबा फाउण्डेशन सचिव अधिकारीले फाउण्डेशनले सामाजिक विकासका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने विषयलाई ध्यानमा राखी स्थानीय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आइरहेको जानकारी गराए । बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरीबी र बिपन्नताका कारण चिसो मौसममा न्यानो कपडाको अभाव सँगसँगै कपि कलमको समस्याले विद्यार्थीहरु विद्यालय आउनमा समस्या रहेको विद्यालय प्रशासनबाट प्राप्त सूचना अनुसार न्यानो कपडा र शैक्षिक सामग्री बितरण गरिएको बताए ।

विद्यालयका प्रअ राम्जी सिग्देलले विद्यालयको गतिबिधि बारे प्रकाश पार्दै बिपन्न र गरीबीको समस्याले जाडोमा कठ्याग्रिंदै पढ्न आउनुपर्नै बाध्यतामा रहेका विद्यार्थीलाई स्वीटर र शैक्षिक सामग्री बितरणले पढाईलाई निरन्तरता दिनमा थप हौसला प्रदान भएको बताउँदै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे । विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई कपी कलम र स्वीटर बितरण गरेर समग्र समाज प्रति अतुनीय कार्य गरेको बताउँदै निरन्तरताको लागि आग्रह गरेका थिए । रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, रोटरी क्लब अफ पोखरा न्यूरोडका सचिव रामबिक्रम अधिकारी, इनरह्वील क्लब पोखरा न्यूरोडका अध्यक्ष लक्ष्मी अधिकारी, पूर्व अध्यक्ष गंगा कुमारी पौडेल, विद्यालय बाल क्लबका अध्यक्ष साधना थापा लगायतले शिक्षाको महत्व बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

You might also like

Comments are closed.