छायाँ सरकारको मन्त्री बन्न किन चासो दिएनन् काँग्रेस सांसदहरुले ?

काठमाडौं, ३० पुस । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छायाँ सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् ।

सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छायाँ सरकार गठन गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो ।

You might also like

Comments are closed.