छोरीको जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

 

लेखनाथ ।

कोरनाको विश्वब्यापी प्रभाव परिरहेको विषम अवस्थामा प्रिया गुरुङले आफ्नी छोरीको जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग गरेकी छन् । पोखरा ७ हिमाली टोल निवासी गुरुङले छोरी सेनाजको पाचौं जन्मोत्सवको अवसर पारेर पोखरा ३२ को लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेकी हुन् ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गर्दै गुरुङले आश्रममा रहेका ५१ जना जेष्ठ नागरिकहरुका लागि फलफुल लगायत खाद्यान्य सामग्री सहयोग गरेकी हुन् ।

गुरुङले आश्रम संचालक समितीका अध्यक्ष प्रेम लिगललाई विहिवार उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् ।

You might also like

Comments are closed.