छोेरेपाटन क्षेत्रका सिसि टिभी चौकीलाई हस्तान्तरण

पोखरा, ६ साउन ।

डेविजफल क्लबको सक्रियतामा पोखरा लेखनाथ १७ छोरेपाटन क्षेत्रमा राखिएका सिसि टिभी छोरेपाटन चौकीलाई हस्तान्तरण गरिएको छ ।

महानगरपालिकाका मेयर मानबहादुर जिसिले सिसि टिभि खोलेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सिसिटिभि राखिएको क्षेत्रमा अब कुनै पनि प्रकारको घटना, दुघर्टना हुन रोकिने तथा भइहालेमा पनि छिटो छरितो रुपमा कारवाही गर्न सकिने र घटनास्थलमा छिटो पुग्न सकिने वताउँदै महानगरपालिकाले डेभिजफल क्लबले जस्ता रचनात्मक कार्य गर्ने कुनै पनि संघसंस्था संग मिलेर कार्य गर्न इच्छुक रहेको वताए ।

सिद्धार्थ राजमार्गका छोरेपाटन चौतारी, वेलघारी चोक, छोरेपाटन चौकी, सिद्धार्थचोक, डेभिजफल, गुप्तेश्वर गुफाको गेट, डेभिजफल उकालो, मित्रबन्धुटोल चोक र वराल फिड चोक लगायतका १२ स्थानमा सिसि क्यामेरा जडान गरिएको चौकीका इन्चार्ज सहायक प्रहरी निरिक्षक हुतबहादुर रोकाले वताए ।

करिब १० लाख लागत लागेको उक्त सिसिटिभि जडानको लागि पोखरा लेखनाथ महानगरपालिका कार्यालयले ३ लाख ५४ हजार नौ सय ४५ रुपैया, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले तिन लाख ५० हजार, वराल फिडले ५० हजार, सिप्रदी टे«डिङ प्रालिले ३० हजार, इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाले १५ हजार, डेभिज फल टोल विकास संस्था, कृस्ती मिलन वचत तथा ऋण सहकारी संस्था लि. लुम्बिनि विकास बैंक छोरेपाटन शाखाले १०÷१० हजार, शीतल वचत तथा ऋण सहकारी संस्था लि., डेभिजफल बचत तथा ऋण सहकारी संस्था, छोरेपाटन ट्याक्सी समुह, गुप्तेश्वर महिला जागरण समाजले पाँच÷पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

सो अवसरमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका ब. उपाध्यक्ष तुलसीराम वराल, वराल फिडका सुर्य वराल, सिप्रदी टे«डिङ प्रालिका प्रतिनिधि महदत्त भट्टराई, इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर अधिकारी, डेभिजफल टोल विकास संस्थाका अध्यक्ष रंगीला आचार्य, कृस्ती मिलन वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कमल रेग्मी, लुम्बिनि विकास बैंक छोरेपाटन शाखाका प्रमुख रामचन्द्र वराल, शीतल वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष वेदराज ढकाल, डेभिजफल बचत तथा ऋण सहकारी संस्था राजन अधिकारी, गुप्तेश्वर महिला जागरण समाजका अध्यक्ष देवीकुमारी वराललाई सो अवसरमा सम्मान पत्र, अविर र खादा लगाएर सम्मान गरिएको थियो ।

क्लबले समाजमा उत्कृष्ठ सामाजिक कार्य गरे वापत झपिन्द्रराज रेग्मी र तुलसीराम वराललाई सम्मान पत्रद्धारा सम्मान गरेको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना, पोखरा लेखनाथ वडा नं. १७ अध्यक्ष तिर्थराज अधिकारी, क्लबका सल्लाहकार झपिन्द्रराज रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका अध्यक्ष गोपाल वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष दिपक सुवेदीले र संचालन बरिष्ठ उपाध्यक्ष ऋषिराम वरालले गरेका थिए ।

You might also like

Comments are closed.