आर्थिक आवाज
पोखरा, ११ भदौ । जगदम्वा ट्राभल्स प्रा.लि. पोखराले पोखरा र लुम्बिनीसम्म स्तरीय पर्यटन बस सञ्चालन गर्न लागेको छ । भदौ १६ गतेदेखि पोखराबाट र १७ गतेदेखि लुम्बिनीबाट बस सञ्चालन हुने प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । सोमबार पोखरामा एक कार्यक्रमका बीच बस सेवाका बारेमा जानकारी दिइएको छ ।
पोखरा तथा आसपासका जिल्लाका पर्यटकलाई लुम्बिनी पु¥याई त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने र लुम्बिनी लगायतका स्थानबाट पर्यटकलाई पोखरा ल्याई पोखराको पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताए ।
बसमा रिमोटबाट कन्ट्रोल गर्न सकिने २० वटा स्लिपर सिट छन् । वातानुकुलित एयर कन्ट्रोल सिस्टम सहित आधुनिक साउण्ड सिस्टम सहितको म्युजिक प्लेयर र हार्ड डिफिनेसन टेलिभिजन जडान गरिएको छ । यात्रुलाइ बस भित्र नै नास्ता, चिया, कफी, कोल्डड्रिंक्स साथै खाना खुवाउने व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।
बस सेवाका लागि स्वदेशीलाई २ हजार रुपैयाँ र विदेशीलाई २ हजार ५ सय रुपैयाँ भाडा कायम गरिएको छ । एउटा बसमा ७५ लाख रुपैयाँका दरले लगानी भएको अधिकारीले जानकारी दिए । प्रालिले गत महिना पोखराबाट सौराहका लागि सोही स्तरको बस सञ्चालन गरेको थियो ।
https://arthikawaj.com/2018/08/5247पर्यटकीय नगरी पोखरा र धार्मिक पर्यटनका लागि प्रशिद्ध लुम्बिनीसम्म सुविधा सम्पन्न पर्यटक बस सञ्चालन हुँदै । जगदम्वा ट्राभल्स प्रा.लि. पोखराले अति स्तरीय पर्यटन बस सञ्चालनमा ल्याएको हो । भदौ १६ गतेदेखि पोखराबाट र १७ गतेदेखि लुम्बिनीबाट बस सञ्चालन हुने प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।
Gepostet von Arthik Awaj am Montag, 27. August 2018
Comments are closed.