जग्गाको हदबन्दी : तराईमा ११ विघा, पहाडमा ७५ रोपनी

आर्थिक आवाज
पोखरा, १७ माघ । सरकारले जमिनको हद बन्दीलाई कडाई गर्ने भएको छ । भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले जमिनको हद बन्दीलाई कडाई गर्न लागेको बताइन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले तराईमा ११ विघा र पहाडमा ७५ रोपनी भन्दा जग्गा राख्न नपाउने भूमि ऐन आउन लागेको बताइन् ।

जमिनको सदूपयोग मुख्य कुरा भएको बताउँदै उनले पश्चिमतिर जागरण आउन थालेको र पूर्व तिर व्यावसायिकता नै शुरु भइसकेको बताइन् । झापाको महारानी झोडामा १ सय २५ विघालाई चक्लाबन्दी गरेर त्यहाँको एक महिला समूहले व्यावसायिक खेती शुरु गरेको जानकारी दिइन् । उनले भनिन्, ‘पूर्वतिर व्यावसायिकता शुरु भइसक्यो, पश्चिमतिर पनि जागरण आउँदैछ ।’

You might also like

Comments are closed.