जग्गा किक्ताकाट खुल्यो, स्थानीय तहलाई दिइयो अधिकार

काठमाडौं, २८ पुस । गत वर्ष साउन २६ गतेबाट रोकिएको जग्गाको कित्ताकाट खुलेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटलाई सहज बनाएको हो । उक्त अधिकार भने स्थानीय तहलाई दिइएको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहले गैरकृषि सिफारिस गरेको जग्गालाई कित्ताकाट गर्न सकिनेछ । खेतीयोग्य जग्गाको खण्डिकरण गर्नुपरेमा भने वर्षमा दुईपटकसम्म कित्ताकाट गर्न सकिने भएको छ । कित्ताकाटलाई सहज बनाएपछि प्लटिङको समस्या बढ्ने सम्भावना छ ।

You might also like

Comments are closed.