जटिल स्वास्थ्य परीक्षण युआरएलमै, मनायो पाँचौं वार्षिकोत्सव

आर्थिक आवाज
पोखरा, २३ मंसिर ।

मुटुका बिरामीका लागि ‘एनटि–प्रो–बिएनपी’ परीक्षण अनिवार्य हुन्छ । यो परीक्षण पोखरामा नहुँदा बिरामीको रगत विदेश पठाउनुपर्ने बाध्यता थियो । केही बिरामी उपचार तथा परीक्षणका लागि भारत लगायत अन्य देशमा जाने गर्दथे । तर, अहिले सहज भएको छ । मुटुका बिरामीको रगत परीक्षण गराउन विदेश पठाउनुपर्ने बाध्यतामा रहेका चिकित्सकले पोखरामा युनाइटेड रेफरेन्स ल्याब्रोटरी (यूआरएल) खुलेपछि निकै राहत पाएका छन् । स्वास्थ्यकर्मी मात्र नभई बिरामीले पनि राहत महसुस गरेका छन् ।

एनटि–प्रो–बिएनपी परीक्षण पोखरामा सुरु भएपछि उपचारमा धेरै सहज भएको मुटुरोग विशेषज्ञहरु बताउँछन् । परीक्षणका लागि नुमना विदेश पठाउनुपर्ने बाध्यता हटेको छ । बिरामीको उपचार खर्च घटेको छ । पोखरामै रगत परीक्षण गरी तत्काल उपचार पनि सजिलो भएको छ । यसबाट चिकित्सक र बिरामी दुवैलाई राहत मिलेको छ । अत्याधुनिक प्रविधिसहितको सुविधायुक्त प्रयोगशाला स्थापना भएपछि मुुटुका रोगीका लागि मात्र होइन अन्य प्रकृतिका विशेष परीक्षणका लागि पनि विदेश जानुपर्ने झन्झट टरेको छ ।

गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको प्रयोगशालामा जटिल तथा विशेष प्रकृतिका परीक्षण सफल भइरहेको प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । ‘पोखरामा हुन नसकेका र बाहिर पठाउन परेका नमुनाको पोखरामै परीक्षण भइरहेको छ,’ पन्तले भने, ‘विज्ञानको विकाससँगै गुणस्तरीय सेवा वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रयोगशाला सञ्चालनमा आएको हो । जुन लक्ष्यमा सफल भएका छौं ।’

प्रारम्भिक अवस्थामा नै रोगको स्वास्थ्य परीक्षण गरी बिरामीको उपचारमा सहयोग गरिएको पन्तले बताए । ‘परीक्षणको लागि नमुना विदेश पठाउनुपर्ने झन्झट तथा अधिक शुल्कको मारबाट सेवाग्राहीलाई छुटकारा दिएका छौं,’ उनले भने, ‘अन्य प्रयोगशालाको तुलनामा गुणस्तरीय, छिटो र सर्वसुलभ सेवा उपलब्ध भइरहेको छ ।’ प्रयोगशालामा होलवडी टेष्ट, मुटु, कलेजो, फोक्सो, मृगौला, नशा, बाथ, सरुवा रोग, भिटामिन, क्यान्सर, बाझोपन, खानपिन तथा वातावरण सम्बन्धी एलर्जी, हिस्टोप्याथोलोजी, साइटोलोजी, माइक्रोबायोलोजी लगायतका परीक्षण हुँदै आएका छन् ।

युआरएलले संसारकै सर्वोत्कृष्ट प्रविधिबाट सेवा सञ्चालन गरिरहेको ल्याब साइन्टिफिक अफिसर भुपेन्द्रराज पाण्डेयले जानकारी दिए । ‘युरोप र अमेरिकाबाट आयात गरिएका अत्याधुनिक प्रविधियुक्त मेसिनबाट जटिल तथा विशेष परीक्षण भइरहेको छ,’ उनले भने । प्रयोगशाला सञ्चालनमा आएपछि पोखरामा स्थापित ल्याबलाई समेत सहयोग मिलेको निर्देशक दीनेशबाबु खड्काले जानकारी दिए । ‘पोखरामा नभएका र हुन नसक्ने परीक्षण बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ,’ उनले भने । उत्कृष्ट रासायनिक पदार्थ, दक्ष जनशक्ति, अत्याधुनिक एवं उत्कृष्ट प्रविधिको प्रयोग तथा वैज्ञानिक प्रशोधन उपलब्ध भएकाले सेवा गुणस्तरीय भइरहेको प्रयोगशालाका अध्यक्ष सुशील थापाले बताए ।

युआरएल छैटौं वर्षमा, यदुनाथलाई युआरएल पत्रकारिता पुरस्कार

युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित भएका छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उनलाई नगद १५ हजार र ताम्रपत्रसहित सम्मान गरे । पोखरा ८ न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को आइतबार आयोजित पाँचौं वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो । पत्रकार वञ्जाराले सम्मानबाट आफूबाट स्वास्थ्यबारे जनसाधारणमा सचेतना जगाउँदै विकृतिहरुको भण्डारफोर गर्ने ऊर्जा थपिएको बताए । २० पत्रकारबाट पत्रकारितामा क्रियाशील उनी सराङकोट साप्ताहिकका सम्पादक हुन् ।

कार्यक्रममा मन्त्री गुरुङले स्वाधीन अर्थतन्त्र निर्माण गर्दै गण्डकी प्रदेशले समृद्धिको खाका बनाइरहेको बताए । उनले अस्वस्थ हँुदा जीवनकै आनन्द लिन नसकिने र यसबाट व्यक्ति र राष्ट्रलाई घाटा हुने भएकाले स्वास्थ नागरिक तयार गर्न प्रदेश सरकार दृढ रहेको बताए ।  उनले भने, ‘प्रदेशमा हामी मृटु, क्यान्सर र मृगौलाका विशिष्टिकृत अस्पताल बनाउने योजनामा छौं ।’ उनले प्रदेशमा १ हजार शैड्ढयाको जनरल अस्पताल र मातृशिशु अस्पतालसमेत स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले युआरएलले संसारकै उत्कृष्ट प्रविधि भित्र्याएर उपचारको क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गरे ।

युआरएलका अध्यक्ष सुशील थापाले गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएल प्रदेश सरकारको योजना र जनस्वास्थ्य एजेन्डालाई सघाउन तयार रहेको बताए । उनले सेवामूलक तवरले अझ विशिष्टिकृत परीक्षणहरु थप्दै गण्डकी प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउन आफूहरु लागिरहेको बताए । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ल्याबले नाफाभन्दा बढी सामाजिक दायित्वलाई मध्यनजर गरेको बताए । उनले विश्वकै सर्वाेत्कृष्ट प्रविधि, रिएजेन्ट, मेसिन र चुस्त व्यवस्थापनमार्फत उत्कृष्ट सेवा दिएकाले नै सबैले युआरएललाई विश्वास गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतिक र पत्रकार कमल पौडेल ‘अथक’, युआरएलका निर्देशक दिनेशबाबु खड्का र पत्रकार ऋषि खतिवडाले पनि बोलेका थिए । समारोहका युआरएलका कर्मचारी जोनीसारा रानालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरियो ।  पत्रकार राजबहादुर गुरुङको संयोजकत्वमा गठित समितिका सदस्यमा जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य पत्रकार ऋषि खतिवडा, अधिकारकर्मी रामबहादुर पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका प्रतिनिधि कमल पौडेल ‘अथक’ सदस्य थिए ।

You might also like

Comments are closed.