जनताका प्यारा नेताको गृह जिल्लामा राजकीय सम्मानसहित अन्त्यष्टि

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा शुक्रबार अन्त्यष्टि गरिएको छ । राजकीय सम्मानसहित पोखराको रामघाटमा उनको अन्त्यष्टि गरिएको हो । अधिकारीको पार्थिव शरिरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराजले दागबत्ती दिएका छन् ।

अधिकारीको शव शुक्रबार नै काठमाडौंबाट पोखरा ल्याइएको हो । पोखरा विमानस्थलबाट शवयात्राा सहित नयाँबजारस्थित प्रदर्शनी केन्द्र लगेर केहीबेर श्रद्धाञ्जलीसभा गरियो । प्रदर्शनी केन्द्रबाट शवयात्रासहित रामघाट पु¥याएर अन्त्यष्टि गरिएको हो । अधिकारीको शवयात्रामा हजारौं पोखरेली सहभागी भएका थिए । विकासप्रेमी नेता अधिकारीको निधनले सिंगो पोखरा शोकमा डुबेको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...