
पोखरा : पुर्बप्रधान मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जनता नै देशका मालिक भएको बताउनु भएको छ। अध्यक्ष प्रचण्डले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो। अध्यक्ष प्रचण्डले नेपालको संबिधान २०७२ निर्माण कार्ता नै जनता भएको दावी गर्दै जनताका मनोभवाना बुझेर संसदमा गएका प्रतिनिधिले नै संबिधानको दस्ताबेज तयार गरि निर्माण गरेको बताउनु भयो। नेपालका जनताको जिबन स्तर धेरै माथि उठिसके को उदाहरण देखाउदै अध्यक्ष प्रचण्डले सबै कुरा एकै पटक परिबर्तन नहुने र त्यसको लागी सबैले धैर्य गर्नु पर्नेमा जोड दिनु भयो।
संबिधानमा लेख्दैमा सबै कुरा पुरा भैइहाल्छ भन्ने हुँदैन सामाजिक न्याअय सहितको निति निर्माण गर्न सके मात्र जनताको मर्म बोकेको संबिधान कार्यन्वयन र लागु हुन्छ त्यस्को लागी नेकपाको सरकार सङ्गै आफ्नो महत्व पुर्ण भुमिका रहेको अध्यक्ष प्रचण्डको भनाई छ।
नेपाल कृषि प्रधान देश भएको प्रसङ्गमा अध्यक्ष प्रचण्डले नेपाल किसानहरुको बाहुल्यता भएको देश भएर पनि परनिर्भरताको डर लाग्दो रोग बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै नेपालमा सबै भन्दा पहिले पछाडि परेका समुदायका साना किसानहरुलाई गम्भिरता पुर्बक अध्यन गरेर उनिहरुको मनोभावना अनुसारका प्रोत्साहन गर्नु पर्ने कार्यक्रमहरु अगाडि सार्नु पर्नेमा जोड दिनु भयो। अध्यक्ष प्रचण्डले भन्नु भयो-“जब सम्म साना किसान र पछाडि परेका समुदायको दिर्घकालिन ब्यबस्थापन हुदैन तब सम्म नेपालको कृषिमा सोचे अनुसारको फल प्राप्त गर्न सक्दैनौ त्यसको लागी म आफुले सधै सकरात्मक सहयोग र कदम चाल्ने छु।”
अध्यक्ष प्रचण्डले समाजबाद तयार गर्न को निम्ति किसानहरुको जिनब स्तरलाई मध्यनजर गर्दै उनिहरुलाई सम्मानित जिबन जिउनको लागी सरकारले पुर्ण रुपामा प्रयोग गरी समस्या पहिचान सङ्गै समधान गर्नु पर्ने मा जोड दिनु भयो। किसानका साना साना प्रगतिमा पनि उनिहरुको ईच्छा सक्ति र रुचिलाई बढाउनको निम्ती धेरै प्रोत्साहन आबश्यक रहेको बताउदै त्यसको लागी छुट्टै निति र योजना बनाएर अगाडी बढ्नु पर्ने र योजनाको लागी आफु सधै सकरात्मक भएको बताउनु भयो।
Comments are closed.