जनता बैँकको शाखा विस्तार

 

पोखरा, १३ जेठ ।

जनता बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । चितवनको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारामा नयाँ शाखा संचालनमा आएको छ । पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखामा जस्तैै आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । पूर्व पश्चिम राजमार्ग भएर ओहोर दोहोर गर्ने ग्राहकले यस शाखा मार्फत थप सुविधा लिन सक्ने अपेक्षा बैँकले लिएको छ ।

यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६ पुगेको छ । यससँगै बैंकले ४० शाखा रहित बैंकिङ, २ सीमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...