जनता बैंकको वार्षिकोत्सवमा पोखरामा रक्तदान

पोखरा, २४ चैत । जनता बैंक नेपाल लिमिटेडको वार्षिकोत्सवको अवसरमा पोखरा शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा ३१ युनिट रगत संकलन भएको शाखा प्रवन्धक मदनकुमार मुल्मीले जानकारी दिए ।

जनता बैंक ८ वर्ष पुरा गरी नवौं वर्ष प्रवेश गरेको छ । ‘सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेका हौं,’ प्रवन्धक मुल्मीले भने, ‘वर्षेनी पोखरामा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै आइरहेका छौं ।’

नवौं वर्ष प्रवेशको अवसरमा समाजप्रतिको दायित्व पुरा गर्न बैंकले प्रधान कार्यालय काठमाडौंसहित देशभरका विभिन्न शाखामा रक्तदान लगायत अन्य सामाजिक कार्यक्रम आयोजना गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल देशभर १ सय ६ शाखा कार्यालय मार्फत बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ५३ अर्ब रुपैयाा निक्षेप संकलन गरी ५० अर्ब रुपैयाँ कर्जा प्रबाह गरिरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.