जनता बैंकको साधारणसभा सम्पन्न, ८.५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, ३० पुस । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारणसभाले ८.५ प्रतिशत नगद लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०७४÷७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड, ६७ हजार ८ सय तीन र पैसा पच्चीस रुपैयाँ बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैंक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैंक र अन्य उपयुक्त बैंक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ । बैंकको निक्षेप संकलन ६८ अर्ब रुपैयाँ र कर्जा लागानी ६३ अर्ब रुपैयाँ छ । बैंकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १ सय २९ शाखा, ५० शाखा रहित बैकिङ केन्द्र, ७९ एटिएम सञ्चालनमा छन् ।

You might also like

Comments are closed.