जनता बैंकद्वारा भारतबाट पनि रेमिट्यान्स सेवा सञ्चालन

आर्थिक आवाज
पोखरा, १४ कात्तिक । जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘जनता रेमिट’मार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अबदेखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको संझौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।

रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३ हजार ५ सय शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १ सय २६ वटा शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आइपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएईबाट समेत गरिने बताइएको छ ।

जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ, २ सीमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.