जनता बैकको शाखा विस्तार, थवाङ शाखाबाट कारोवार सुरु

पोखरा, २१ जेठ ।

ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा नयाँ शाखा संचालन गरेको छ । बैंकले रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. २ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरेको छ ।

रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखा खोल्ने तयारी भईरहेको जनाईएको छ । थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।

यस सँगै जनता बैंकको देशभरी शाखा सञ्जाल ११७ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.