जनप्रतिनिधिलाई वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

पोखरा, २४ वैशाख ।

जनप्रतिनिधिका लागि वैदेशिक रोजगार सम्वन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । मानवअधिकारका लागि जनमञ्च कास्कीको आयोजना तथा गभर्नेन्स फ्यासिलिटी नेपालको सहयोग र जिल्ला समन्वय समिति कास्कीसँगको समन्वयममा कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष वैनबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको र न्यायिक समितिलाई यसले धेरै सहयोग गर्ने बताए । जिल्ला समन्वय समितिका डिइओ अन्तरबहादुर सिलवालले यस्ता कार्यक्रममा आफले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको उद्देश्य राम्रो रहेको तथा सिकेका कुरालाई कार्यक्षेत्रमा लागु गर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा वैदेशिक रोजगार नीति तथा पुनरावलोकन कार्यदलका विज्ञ सदस्य सोम लुइटेल र अधिवक्ता विरवलकाजी राइले सहजीकरण गरेको जनमञ्चका कानुन सहायता अधिकृत भुवन पराजुलीले जानकारी दिइन् ।

तथ्याङ्क अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनको करिव ३० प्रतिशत योगदान रेमिट्यान्सले धानेको लुइटेलले बताए । ‘वैदेशिक रोजगारको सकारात्मक र नकारात्मक दुवै पक्ष छन्’ उनले भने, ‘यसलाई एन्टिवायोटिकको रुपमा लिनुपर्छ ।’ स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग विषयमा अधिवक्ता विरवलकाजी गुरुङले सहजीकरण गरेका थिए । नेपालमाा न्यायिक अधिकारको लागि विभिन्न न्यायिक तह रहेको उनले बताए ।

You might also like

Comments are closed.